गरेपछी वात तिमीले कस्तो चढ्यो मात आज

गरेपछी वात तिमीले कस्तो चढ्यो मात आज
मिलाएपछि हात तिमीले कस्तो चढ्यो मात आज

पारीपट्टी तिम्रो कक्षा वारीपट्टी मेरो हुने
जधाएपछि अाँखा तिमीले कस्तो चढ्यो मात आज

साथिसँग कानेखुसी गर्दा, नहेरेभैm यता हेर्दा
अधर फके««को कोपिलाभैm कस्तो चढ्यो मात आज

कत्ति राम्री फलेकी, वसन्तभैm मुस्काएकी
लच्किएको वदनले कस्तो चढ्यो मात आज

आधा मून्टो निहुराएर, कर्के नजर लाउदै जादा
भर्भराएको जवानिले कस्तो चढ्यो मात आज

Comments