दैनिक साधना


प्राकृतिको देश, शान्तिको प्रतिमूर्ति नेपाल आज बलिरहेछ
वलिरहेको नेपालभित्र सुनौला किरण देखिरहेछु
त्यही किरण भित्राउन सधै गरिरहेछु कामना
यही नै भएको छ मेरो दैनिक साधना

विष्णुका अवतार वुद्धको उपदेश आज जलिरेछ
जलिरहेको उपदेशभित्र शान्तिको मार्ग देखिरहेको छु
त्यही मार्ग भित्राउन म फैलाईरहेछु चेतना
यहीनै भएको छ मेरो दैनिक साधाना

रुकुम रोल्पामा आज वारुदको गन्ध आईरहेको छ
वरुदको गन्धभित्र गुलाफको सुगन्ध देखिरहेको छु
त्यही सुगन्ध भित्राउन गरिरहेछु म कामना
त्यही नै भएको छ मेरो दैनिक साधना
(२०६१।०२।२८ गते शनिवार भावना दैनिकमा प्रकाशित)

Comments

Popular Posts