तिमी भालु र म भलाद्मी

स्ताउदो सुर्यसँगै
तिम्रो आगमन
खचाखच रत्नर्पाक
प्रस्ट आकृति
विना सन्देह
तिम्रो पहिरन
मोल मलाइ
हिडिरहेका हरुको अस्पस्ट बोली
भालु
छेवैमा उभिरहेको म
भलाद्मी

मरेको श्रीमान
टुहुरा बच्चा
बेइमानी भँुडी
कामको अभाव
खचाखच काठमाडौ
एक्लिरहेकी तिमी
ीतम्रो योग्यता
त्यो रत्नपार्क
जहाँ
तिम्रो जागीर सुरक्षित छ
तिम्रा ग्राहक कुरिरहेछन्

तिमी पूmल बन्छ्यौ
कालो सिसामा हुकिन्छ्यौ
तिमी पानी बन्छ्यौ
तिर्खा मेटाउछ्यौ
श्रीमती माइत गएकी छे
वियर, वाइन्
निलो चलचित्रसँगै
तिमी चल्नुपर्छ
खेल्नुुपर्छ
टि।भिका चित्रसँगै

जब,
विहान तिमी पैसा माग्छौ
त्यतिखेर
तिमी भालु

म भलाद्मी

Comments

Popular Posts