मान्छेका असिमित चाहानाहरु हुन्छन् । ति असिमित चाहानाहरु पुरा गर्न मानिस लागेको हुन्छन्,सफल हुदैन, तैपनि लागी परेको हुन्छ । मानिसका चाहाना टुङ्गीनू भनेको मानिसको जीवन समात्त हुनु हो । मानिस जन्मेदेखि मृत्युसम्म धेरै चाहानाहरु राख्छ, कति पुरा हुन्छन् कति चाहानामै त कति आशै आशमा सिमित रहन्छन् । मानिसलाई जीवनमा सुख छाउँछ, दुःख आँउछ , त्यो पनि मानिसका चाहाना ब्याथा , वेदना र आशहरुले भरिएको हुन्छ । मान्छेको जीवनरुपी डुङ्गा पनि यहि आशमा भरिएको हुन्छ । मायाको निम्ता गरेपनि उक्त निम्तालाई अस्विकार गरी उसको जीवनलाई तुषरापात गरीदीने पनि धेरै छन् तर पनि मलाई थाहा छ तिमी बाट त्यस्तो हुदैन तैपनी मानिसको सोचाई न हो चाहानै चाहानाको सोचाईमा उ यति डुब्न पुग्छ कि उसका सकरात्मक चाहाना नकरात्मक बन्न पुग्छन् अनी थेग्नै नसक्ने भागीरथको डुङ्गा बन्न पुग्छन् । शायद तिमीलाई बुझाउनु पर्ने आवश्यक छैन किनकी एउटी शिक्षित नारीले अर्को मान्छेको कुरा बरा बुझ्नु स्वभाविकै हो । हुन त मानिसको व्यबाहरले पनि सबै कुरा स्पष्टसँग दर्शाउछन् तैपनि मन हो काँहा मान्छ र त्यत्तिकै बस्न , केहिको अभाव भयो भने जरुर पुर्ति गर्न तर्फ लाग्छ हो मलाई पनि केहिको अभाव भएर तिमी समक्ष आएको छु , चायौ भने तिमीलेनै यसवाट छुटकारा दिलाउन सक्छौ, नचाहाने पो किन ? मन हो जतापनि मोडिन्छ, मोडेर पनि हुदैन यसको प्रभावकारिताको अन्वेषण पनि त हुनुपर्छ । यसले जीवनलाई सहज रुपमा अगाडी बढाउँछ । समझदारी नै जीवन हो । एकअर्कामा गरीनै विश्वास नै परीवार सङ्गठित गर्ने भरपर्दो उपाय हो । मलाई थाहा छ फूलबारीमा धेरै पूmलहरु पूmलीरहेका हुन्छन् , त्यसमा असङ्ख्य भमरा झुमिरहेका हुन्छन् , तर पनि मलाई थाहा छ ति भमरासँग लाप्पा खेल्ने पूmल हौ तिमी मलाई यो पनि थाहा छ तिमी ले सबै भमरालाई अवश्य पनि चुस्दिनौ किनकि तिमी भित्र मानवतावादी पाठ सल्केको छ, नारीको हृदय कोमल हुन्छ र त्यसको अपवाद तिमी होइनौ, त्यो कोमल मुटुको कन्दाराभित्र सजिएका विद्रोहका स्वरहरु म प्रति लागु हुने छैनन् , म पुर्ण आशावादी छु । त्यसैले त मेरो संसार उज्ज्वल छ, कमल को पूmलभैm फक«ेको छ मेरो मनको हृदय प्रकाशमान भइराखेको छ किनकी त्यहाँ तिमी छौ, म छु , र त संसारकै खुसी छ मसँग । मासिको हेराई र साथीहरुसँग गरीने ब्यवाहरले पनि सबैलाई मन्त्रमुग्ध पार्छ । काल्पनिक संसारनै ठूलो छ , कल्पनाहरुनै ठूला हुने गर्छन् तैपनि यो मेरो दिवा स्वपन नभएर प्रत्येक मानिसको जीवनमा घट्ने आशावादी भविष्यको उज्यालो दियो हो यो प्रचण्ड रुपले बलिरहेको छ यसमा तेल वा पानी खन्याउने तिम्रो जिम्मामा छ । सेतो हिमालको जस्तो पंक्तिबद्ध मिलेर बनेका ति दाँतहरु हाँस्दा मैले धेरै पटक देखेको छु । तिम्रो स्वरको अवलोकन गर्न नपाए पनी कोइली स्वरसँग तिम्रो स्वर गाँसिदिएको छु अनी प्रत्येक साँझ तिम्रो मुहार चन्द्रमामा देख्ने गरेको छु । प्रकृतिसँग मानव जातिको तुलना निरर्थक हुन्छ किनभने प्रकृति सबैको प्यारो हुन्छ मानव सिमित मानवकालागी मात्र प्यारो छ चाहे त्यो प्रकृतिभन्दा बढि नै किन नहोस् माया न हो सबैभन्दा बढि प्यारो हुन्छ । मान्छे हाँस्छ पनि मायामै रुन्छ पनि मायामै , र मायामै अभावसँग जुधिरहन्छ त्यसैले भनिन्छ मानिसको जीवन मायामै डुबेको हुन्छ र मेरो पनि किनभने म पनि मान्छे मेरो पनि मन छ अनि मनभित्र मायाका दूई चार शब्दहरु छन् । हुनसक्छ यी शब्दहरु पढ्दा पढ्दै कसैलाई बोर पनि लाग्न सक्छ , कसैलाई रोमान्टिक बनाईदिन्छ त कसैलाई सोचाइको समुद्रमा डुब्न बाध्य पारिदिन्छ । मेरो विचारमा यो पत्रले फोहोर फाल्ने टोकरी नरोजी हृदयको विच भागमा बास लिनेछ , मेरा विचारहरुले कोमल हृदय पगाल्ने छ । हुनसक्छ अरुकाभन्दा कमीकमजोरी धेरै नै छन् । आफ्ना कमीकमजोरी हटाउने प्रायस जो सुकैले पनि गरेको हुन्छ जुन मैले पनि गरेको छु । पहाडी कुना कन्दरामा जन्मेको म शहरीया वातावरण सँग जुध्न सिकायो, जसले तिमी जस्ता साथी सँग सम्बन्ध गास्न हौसायो म ति साथिहरुप्रति कृतज्ञता ब्यक्त गर्दछु । जसले मलाई तिमी जस्तो ब्यक्ति भट्ने सकरात्मक सल्लाह दिए ती साथीहरुले म प्रति गरेको निस्वार्थी भावनालाई म कहिल्यै बिर्सन सक्दिन । मनमा निस्किन सक्छ उनीहरुप्रति गरीएका कृतज्ञताका भावना मलाई किन तर म भन्न बिर्सन्न कि तिमी जत्तिकै प्यारा ति मेरा साथिहरुपनि छन् । म आपूmलाई एउटा स्पष्टवादी वक्ता रुपमा उभ्याउन चाहान्छु किनकि म धेरै बोल्दिन तर जे बोल्छु स्पष्ट भन्छु म अरुलाई अनावश्यक लान्छाना लगाउँदिन तर जसले लगाउछ त्यो मेरो तारो बन्छ। हुनसक्छ तिमीलाई यी कुराहरु अनावश्यक लागे होलान् तर पनि जीवनको वास्तविक रुप सवैकुरा नजानिकन अगाडी बढ्दैन । जसमा एकअर्काप्रति विश्वास हुदैन त्यहाँ साँचो प्रेम हुदैन । मनमा निस्कन सक्छ किन विऊ नरोप्दै फलको वर्णन गरेको होला मनमा अनेक थरिका भावहरु उर्लिन सक्छ तर ति भावहरुलाई संयमित तुल्याउदै अगाडी बढ्नुमा नै हामी सबैको कल्याण हुन्छ । सबैलाई थाहा भएकै कुरा हो भावनात्मक सम्बन्ध जोडीएर बनेको माया नै वास्तविक माया हो । तिम्रो वास्तविक जीवनसँग परिचित हुनकालागी नै कागजको साहारा लिएको हुँ । पत्र लामो भएहोला यसका लागी माफी चहान्छु हाम्रो जीवन लामो छ र लामो जीवनका लागी वन्ने जग अवश्यपनि वलियो हुनुपर्दछ । म यहि जग खन्ने प्रायसमा लागेको छु । कल्पनाको संसार त एकदमै ठूलो छ तैपनि आशावादी छु तिमीले मलाई भरपुर सहयोग गर्नेछौ। एक्लै म धैरै थाक्नेछु । किनकि यात्र लामो छ यसको विश्राम्ती नै मृत्यु हो । मलाई पुर्ण विश्वास छ हामी यो उकाली ओराली देउराली, चौतारी भङ्ज्याङ्हरुमा सँगै हिड्नेछौ यहि हो मेरो भविष्य , एउटा सुखी भविष्य जुन तिमीबाट मात्रै वसन्तका हरिया पालुवाहरु पलाउन सक्छन् म पुर्ण विश्वत छु मेरो कल्पनाको घर वालुवामा छैन । मेरो घर तिम्रो घर काहाँ छ हुन्छ त काहाँ बनाउने हो त यो तिमीले मलाई छिट्टै भन्नेछौ । हुन त निर्णय दिन सबैलाई गाह«ो हुन्छ जीन्दगीको निर्णय न हो काहाँ सजिलो छ तर पनि निर्णय समस्याको अन्तिम विकल्प हो । जसले निर्णय दिन सक्दैन त्यसले जीवनमा कुनै किसिमको काम गर्न सक्दैन । तर मलाई थाहा छ तिमीले धेरै काम गर्न सक्छौ तिम्रो पढाई प्रतिको लगनशिलता र मानिसहरुप्रति देखाउने भावनात्मक संवेदनाले पनि बिबिध कुराहरुलाई बाहिर ल्याईदिन्छ वोलि न हो सबैकुरा निर्णय न हो मानिसको सबैभन्दा ठूलो कुरा निर्णय न हो मानिसको सबैभन्दा ठूलो कुरा, निर्णय दिन त गाह्रो हुदैन तर यसले दिने प्रतिफल सकरात्मक हुन्छ वा नकरात्मक यसको विश्लेशण गर्नुपर्छ , मलाई थाहा छ निर्णय गर्दा गर्ने विवेचना मेरो पक्षमा हुनेछ । किनभने तिम्रा ति भावनात्मक निर्णय मेरो अन्तरआत्मादेखि टाढा भाग्ने छैनन् । तैपनि भन्न मन लाग्दो रहेछ किनभने समयले कसैलाई पर्खिदैन, नपर्खिदो समयलाई पिछा गर्दा म तिम्रो सम्र्पकमा आईपुगेको छु । अरु तिम्रो ईच्छा ।

Comments

Popular Posts