२०६१।०८।१२

तिमीलाई पाउने आशा बोकी चारैतिर हिडेथे म
मुटुभित्र तिम्रो तस्विर सजाएर राखेथे म

आशा मेरो भताभूङ्ग पारीदियौ तिमीले नै
अतितका मिठा पल बोकी वाटाभरी हिडेथे म

मनभरी पिडा भयो गहबाट अाँशु वग्यो
सुखी संसार तिम्रो निम्ति खोजी हिडेथे म

विछोडको घाउ लाग्यो विझ्यो काडाँ मनभरी
तिमीवाट काँडा होइन फूल खोजी बसेथे म

धोकेबाजको संज्ञा भयौ मिलनको घाती
तिमीसँग जीवन जीउने आशा वोकी हिडेथे म

Comments

Popular Posts