खुलास

२०६२।०२।१५

कस्तो खुसी चञ्चलता
निस्कपटता
मायाको आत्मिय वन्धन
प्रफूल्लित स्वरहरु
खुसीले फक«ेका
ती नयनहरु
खुलास थियो
सव खल्ला
सवैको अाँखा थियो
केही गुप्त थिएन
न्यानो अँगालोे
कोमल हातको स्पर्श
न कुनै डर
न कुनै फिक्री
स्वतन्त्र थिए
उनीहरुलाई देखेर
कोही हाँसे
कसैले मूख छोपे
त कसैले कलियूगको
आगमनको घोषणा गरे
तर उनीहरुले
न कसैको बोली सुने
न कसैको मुहार देखे
मस्त थिए
संसारिक खुसी लुट्न
सायद तयार थिए होला
संसारकै सुखि जोडी वन्न

Comments

Popular Posts