खै मलाई कहाँ
थाहा थियो र
फूल आईलाएर झर्छ भन्ने
काँडाले अनायसै
मुटुमा पिडा पार्छ भन्ने
मैले थाहा पाउदा त
कोपिला नै थियो
तर आज थाहै नपाई
झर्दै छ
एक एक पत्ता
हावाले उडाउँदै छ
उजाड भएको छ
काँडा मात्रै छन्
तिनीहरुले घोचीरहेछन्
निचोरीरहेकाछन्

आफुलाई कठोरताको, शोषणताको
अनी आफ्नै घरभित्र
दमनताको परिचय दिएका छन्
उनीहरुको रक्षा गर्ने नाउँमा
फूलहरुको वलत्कार
गरिदिएका छन्
निरन्तर रुपमा
अनवरत तरिकाले
समाजकै अगाडी
हाम्रै अगाडी
तिनीहरुको अत्विलाई
माटोमा मिलाईदिएका छन्
मिलाईदिएका छन् ।

Comments

Popular Posts