एक्लोपन

२०६१।०१।२५

कहिले सुत्छु
कहिले उठ्छ
भौतारिरहन्छू
यौवनले
उन्मुक्त भएका
वैसका टुसाहरुलाई
झन् सम्झिराख्छु
लेख्न थाल्छु
चिठि उनलाई
सक्छिन् शब्दहरु
थिच्न थाल्छु
उनको नम्बर
वज्न थाल्छन्
इन्गेजका आवाजहरु
ग्रष्मऋतुको समयमा
वसन्तको वहार छाउन
रोप्न थाल्छु
र्सिजनाका पालुवाहरु
हावा आउछ
जोड सित
रोक्न थाल्छु ति बिरुवाहरु
उड्न थाल्छन् एक एक गरी
ति शब्दहरु
छाडेर
सेतो पाना मात्रै
कलम बन्द
कापी बन्द
खोल्छू टि भि
भातको डकारसँगै
कसौटी र घरघरकी काहानी
हेर्छ धित मरुञ्जेल
पल्टन्छु ओछ्यानमा
मन जान्छ फूलबारिमा
सपनाको रंगिन संसारमा
बिताउछु म यो एक्लोपन

Comments

Popular Posts