सानूमायाहरु।।।।।

२०६२।०२।२६ “
हामी एक्काईसौ शताब्दीका नारी हौ, रस चसेर फालीने बोक«ा जस्ता हैनौ हामी, समाजलाई, राष्ट्रलाई उन्नतिर धकेल्दै हिड्ने हामी राष्ट्रवादी प्रगतीवादी नारी हौ” सानूमाया गर्जदेै थिई “हामी वच्चा जन्माउने मिसिन होइनौ, रिमोट द्धारा सञ्चालित यन्त्र होईनौ, आफ्नो स्वतन्त्रताकालागी डटेर लड्ने एक्काइसौ शताब्दीका नारी हौ” । सबैले ताली पड्काए। सबैको मुखबाट निस्यो क्या प्रखर नारीवादी । उसले पनि सुनि । नसनेजस्तो गरी मन प्रफुल्लित पारी आफ्नो घरतर्पm लागी । घरमा दुई तीन जना मानिस उसको बाबासँग कुरा गर्दै थिए नमस्कारका लागी दुई हात जोडी । नास्ता खादै गर्दा उसकी आमाले उसलाई बिस्तारै भनी “तलाई हेर्न केटो आएको छ घरान ठूलो छ रे अफिसमा काम गर्छ रे” उसले अफिस र घरलाई कुुनै महत्व दिईन र सोधि खै को हो त्यो केटा । उसको बोलीमा न शिष्टचार हार्दीकता । वावुआमा राजी भए ठाँउ ठुलो थियो । केटाकेटी कुराकानीको लागी एकान्त कोठाभित्र छिरे । “तपाईको परीचय” सानुमायाको ठाडो प्रश्नको जवाफ सरल सहज र मिजासिलो तरीकाले दिदै थियो “रवि, स्नाकोत्तर पुरा गरी अहिले अधिकृत पद सम्हालेको छु” । नारीहरुको बारेमा तपाईको धाराणा कस्तो छरु सानुमायाको सोधाई थियो । “नारी र पुरुषका सम्बन्धमा समान बिचार राख्ने भएकाले उनीहरुको इच्छा आकाङ्क्षाका सम्बन्धमा उनीहरु स्वतन्त्र छन् ।” रविका लोभलाग्दा विचारहरुसँग लपक्क टाँसिई सानमाया र क«ान्तिकारी विवाह गरी । विवाहपछि भाषण ओइलाए, भाषणसँगै सानुमाया ओइलाई । सानुमायाका अहिले चार वटा छोरी छन् । छोरा नपाएकाले श्रीमानले अर्को विवाह गरी हनिमून मनाउन विदेश गएका छन् रे । सुनिन्छ, अचेल सानुमाया आफ्नो सुत्ने कोठामा टाउको ठोक्दै चिसो सिरकका साथ रात गुर्जाछिान् रे ।

Comments

Popular Posts