जीवन र मित्र


२०६१।०३।०८

विषमताको परिधिभित्र घेरिएको
मेरो जीवन
मुस्कानमा रम्ने म
रिसाहाको पर्याय भईसकेको छु
लाग्छ मलाई मेरो जीवन
गालिको जञ्जालमा फसेको छ
काँडाविच फूलिरहेको छ
न जानसक्छु उँघो
न झर्नसक्छु उधो
साथिहरुको त्यो रुपमा
प्रिवर्तन देखेको छु
उनीहरुको घनिष्ठतामा
काँडा उम्रेको देखेको छु
खाली घोचिरहेछ
मेरा प्रबल चाहाना र साहासहरु
आज म बाट भागीरहेका छन्
घरमा दिनानु दिनको कच्कच्
साथिहरुको त्यो छोडपत्र
मुस्कानभित्र लुकेको त्यो तिखो वचन
त्यसले नितान्त एक्लाएको छ
सोचिरहन्छु, कल्पिरहन्छु
तान्ने कसरी हो
जीन्दगीको रथ
स्वार्थ र लालाचताले
घेरीएको यो संसारमा
मेरो रथ गुड्न सकेको छैन
शायद टायर पंचर हुन थालेछ क्यारे
तैपनी तानीरहेछु
प्रचण्ड गर्मिमा पसिना चुहाईरहेछु
मलाई देखेर मेरा साथिहरु
हाँसिरहेछन्
गीज्याईरहेछन्
अनी आपैmले आपैmलाई सच्चा
मित्रको परिचय दिईरहेकाछन्

Comments

Popular Posts