मुस्कायो जीवन

दिन डुब्यो, साँझ ढल्दैछ
याद बल्झदैछ, उनको तस्विर
खुला किताब

सपना वुनिन्छ, उनिन्छ
र सब भताभुङ्ग हुन्छन्

खुलेको आँखा वलेको मुहार
तिम्रो याद
जीवनको सपना
सधै साथ जीउने

उग्ग्रीयो विहान
तन्कियो तन
पर हाँगामा ढुकुरका जोडी
सम्झियो सपना
मुस्कायो जीवन

Comments

Popular Posts